महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं,१४ भदाै । नेपाली कांग्रेसका नेता गगन थापाले आसन्न १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सोमबार काठमाडौं कांग्रेस ३० नम्बर वडाले आयोजना गरेको कार्यक्रममा थापाले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।१३ औं महाधिवेशनमा पनि थापा महामन्त्रीको उम्मेदवार बनेका थिए । त्यतिबेला उनी कृष्ण सिटौलाको टिमबाट महामन्त्रीको उम्मेदवार बनेका थिए ।

थापाले आफ्नो दावेदारीको आधार आफ्ना आग्रज नेता तथा कार्यकर्ता भएको बताए ।थापाले पार्टीभित्रको प्रतिष्पर्धामा सहयोग गर्न आग्रह गर्दै आफूले गर्न सक्ने काम गर्ने प्रतिवद्धता जनाए ।थापा महामन्त्रीका सबैभन्दा बलियो उम्मेदवार बन्ने विश्वास गरिएको छ ।