‘नगरबासीको स्वास्थ मेरो पहिलो प्राथमिकता’ – नगर प्रमुख थापा

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , ४ वर्ष अगाडि

काठमाण्डौ १७ भदौ । कागेश्वरी मनोहरा नगरपालिका द्वारा संचालित मुलपानी नगर अस्पतालमा ब्लडबैङ्क संचालनमा आउने भएको छ । नगरपालिकाको सहयोगमा नेपाल रेडक्रस सोसाईटी कागेश्वरी मनोहरा उपशाखाले उक्त ब्लडबैङ्क संचालनमा ल्याउन लागेको हो । उपशाखाले ब्लडबैङ्क संचालन कार्यबिधी समेत तयार गरी आज नगर प्रमुख कृष्णहरी थापालाई हस्तान्तरण गरेको छ ।
ब्लडबैङ्क संचालन कार्यबिधी बुझदै नगर प्रमुख थापाले नगरपालिका भित्र एउटा पनि अस्पताल नभएको अबस्थामा पनि नगरबासीलाई उपयुक्त स्वास्थ सेवा दिएको जिकिर गर्नु भएको छ । नगरबासीको स्वास्थ आफ्नो पहिलो प्राथमिकता भएको बताउंदै थापाले मुलपानी नगर अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाकार्य भैरहेको जानकारी गराउनु भयो । उहांले भन्नुभयो उक्त अक्सिजन प्लान्टबाट अस्तालमा भर्ना भएका बिरामीलाई मात्र नभै नगर भित्रका दमका रोगिले समेत अक्सिजन भरेर उपचारार्थ घरमा लैजान सक्ने छन । ब्लडबैङ्क स्थापना आफ्नो पनि चाहना भएको बताउंदै नगरपालिकाका तर्फबाट आबश्यक सबै सहयोग गर्ने प्रतिबद्घ समेत ब्यक्त गर्नु भएको छ ।
यसअघि उपशाखाका सभापति बासुदेब पौडेलले कार्यबिधी हस्तान्तरण गर्दै नगर प्रमुख थापालाई ब्लडबैङ्क स्थापना तथा संचालनमा नगरपालिकाबाट नितिगत निर्णय गराई निरन्तर बार्षिक बजेटको ब्यबस्था गरी अगुवाको भुमिका निर्वाह गर्न आग्रह गरेका थिए । नेपालमै नबिन प्रयोगको रुपमा स्थानिय सरकारको सहयोग, संरक्षण र संबर्दनमा नेपाल रेडक्रस सोसाईटी उपशाखा द्घवारा संचालन हुने यस कार्यलाई नगरपालिकाको गौरबको आयोजनामा छनौट गरी स्वास्थ निति तथा जनस्वास्थ कार्यक्रमको अंग बनाउन पनि सभापति पौडेलले नगर प्रमुख थापालाई आग्रह गरेका थिए ।