न्यूयोर्कको बाढीमा एकै परिवारका ३ नेपाली सहित ४१ जनाको निधन

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Others/अन्य , प्रवास , ३ वर्ष अगाडि

काठमाण्डौ, १८ भदौ अमेरिकामा आएको बाढीमा परेर एकै परिवारका तीन जना नेपालीको ज्यान गएको छ ।
न्युयोर्कमा बस्दै आएका सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–२ जुनबेसीका एकै परिवारका तीन जनाको ज्यान गएको गैर आवासिय नेपाली सँघ अमेरिकाकी महिला उपाध्यक्ष दिक्षा बस्नेतले सामाजिक सन्जाल फेसबुक मार्फत जानकारी दिएकी छिन ।
बाढीका कारण आङ गेलु लामा, उहाँकी श्रीमती मिङ्मार शेर्पा र १९ महिने छोरा लोप्साङ लामाको ज्यान गएको बस्नेतले लेखेकी छिन ।
अमेरिकाको उत्तर–पूर्वी राज्यहरुमा आइडा आँधीका कारण आएको भीषण वर्षाका कारण बाढी आएको छ । बाढीका कारण न्युयोर्क र न्युजर्सी, लुजियाना सबैभन्दा धेरै प्रभावित भएका छन । बाढीमा परेर अहिलेसम्म ४१ जनाको ज्यान गएको पुष्टि भैसकेको छ ।