भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गरेकोमा गृह मन्त्रालयको आपत्ति

Maheshwor Nepal Banner Headline with Image , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेकोमा गृह मन्त्रालयले आपत्ति जनाएकाे छ । 

आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले मोदीको नाम नलिई छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठानमा आँच आउने गरी पुत्ला दहन गरिएको भन्दै आपत्ति प्रकट गरेको हो ।


दार्चुला घटना र नेपाली आकाशमा अनधिकृत भारतीय उडान गरेको विषयमा सरकार चुप लागेको भन्दै शुक्रबार सत्ता गठनबन्धनमा आबद्ध दल नेकपा (एकीकृत समाजवादी) को भ्रातृ सगंठन अनेरास्ववियूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको थियो ।   साे घटनालाइ लिएर दैनिक जसाे प्रदर्शन हुने गरेकाे छ ।