करिब ५ सय घर डुबानमा, काठमाण्डौ उपत्यकाको जनजिबन अस्तब्यस्त

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाण्डौ,२१ भदौ । गएराति देखि परेको अबिरल बर्षाका कारण काठमाण्डौ उपत्यका भित्र करिक ५ सय घर डुबानमा परेका छन । कागेश्वरी मानोहरा नगरपालीका ४ नयाँपाटीमा एउटा घर भत्किएको छ । भित्री सडकहरु खहरेमा परिणत भएका छन ।


नदि आसपास र होचा बस्ति बढी प्रभाबित भएको प्रहरीले जनाएको छ । बर्षाका कारण समस्यामा परेका १सय ८२ जनाको उद्दार गरेको जानकारी पनि प्रहरीले दिएको छ । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापाका अनुसार त्रिभुबन बिमानस्थलको धावनमार्गबाट आएको पानीले नगरपालीकाको ९ नँ वडाको केहि भाग र कामनपा ३२ को केहि भाग डुबानमा परेको छ । डाँछी, ब्रम्हखेल, मुलपानी, मनोहरा बस्ति, दछिणढोका, कपन, कालिमाटी र बल्खु तरकारी बजार, शँखमुलपार्क, कुलेश्वर हाउजिड पनि डुबानको चपेटामा छन । सडक किनाराका पसलका लत्ताकपडा तथा खाधान्यमा समेत ठुलो क्षति पुगेको छ । पानीको समुचित निकास नहुँदा सडक कतै पोखरी जस्तो त कतै नदि जस्तो देखिन्छ ।


नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाका सचिब लक्ष्मी कुँइकेलका अनुसार अबिरल बर्षाका कारण ऐतिहाँसिक काँठे भैरब मन्दिरको प्रबेश द्दवार भत्कने अबस्थामा पुगेको छ ।
उता काभ्रेको बनेपा बजार पनि जलमग्न भएको छ । बनेपाको पुलबजारमा जमेको पानीले बनेपा धुलिखेल हुँदै पुर्बतिर जाने र काठमाण्डौ आउने सवारिसाधनलाई अबरोध पुगेको छ ।


यसैबिच जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार बिहान २ बजे देखी ७ बजेसम्म काठमाण्डौमा १ सय ५ मिलिलिटर बर्षा मापन भएको छ ।