काठमाण्डौ, २२ भदौ । नेपाल पत्रकार महासँघले गृह मन्त्रालयद्वारा तग १८ र २० गते जारी गरेको प्रेस विज्ञप्ति सच्याउँन माग गरेको छ । महासँघले आज विज्ञप्ति मार्फतनै संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक स्वतन्त्रताको सम्मानगर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
महासँघ द्दवारा जारी विज्ञप्ति भनिएको छ ‘नागरिकको अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको नेपालको संविधानको मूल मर्म र भावनाविपरीत आएका गृहमन्त्रालयका दुई विज्ञप्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाईसमेत नियन्त्रण गर्ने उद्देश्य प्रेरित भएको महासंघको ठहर छ ।
मित्र राष्ट्रसँगको सम्बन्धको बहानामा सरकारले संविधानले दिएको शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार र अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको कुरामा महासंघ प्रष्ट छ । मित्र राष्ट्रसँगको सम्बन्धको विषयमा के लेख्ने र के नलेख्ने भन्ने कुरामा नेपाली प्रेस गम्भीर छ ।
गृह मन्त्रालयद्वारा जारी विज्ञप्ति प्रेसको संविधानप्रदत्त अधिकारलाई कुण्ठित बनाउने तथा नागरिकको स्वतन्त्रतापूर्वक भेला वा प्रदर्शन गर्न पाउने अधिकारलाई नियन्त्रण गर्ने नियत रहेकोले तत्काल सच्याउन महासंघ माग गर्दछ’ ।
यसअघि गृह मन्त्रालयले छिमेकी मित्रराष्टका सरकार प्रमुखको प्रतिष्ठामा आँचआउने अभिब्यक्ति नदिन तथा त्यस्ता क्रियाकलाप नगर्नु भन्दै चेतावनीको शैलीमा बिज्ञप्ती जारी गरेको थियो ।

