संघीय संसदको दुबै सदनको अधिवेशन आजदेखि

NewsBankNepal Banner Headline with Image , Latest Update , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं । संघीय संसदको दुबै सदनको अधिवेशन आजदेखि सुरु हुँदैछ । अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एक दर्जन बढी अध्यादेशहरु स्वीकृतिका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ । सरकारले संसदको अधिवेशनमा बजेट विस्थापन गर्न विधेयक ल्याउने सम्भावना छ ।

प्रतिनिधिसभाको आजको  कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने र बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने भनिएको छ । त्यसपछि गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश २०७८ पेस गर्ने कार्यसूची छ ।

दल टुक्र्याउने अध्यादेश टेबल गरे नेकपा एमालेले संसद् अवरोध गर्ने बुझिएकाे छ ।गत साउन ३२ गते सरकारले अधिवेशन अन्त्य गरेर राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको थियो ।

अध्यादेशअनुसार नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भइसकेका छन् ।बैठकमा तत्कालीन संविधानसभामा समानुपातिकतर्फबाट निर्वाचित जुठबहादुर खड्गी (जेबी टुहुरे)को निधनमा शोक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची छ ।