संखुवासभा एकै परिवारका ६ जनाकाे हत्या गर्ने व्यक्ति प्रहरीद्वारा सार्वजनिक

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ५ वर्ष अगाडि

संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । संखुवासभास्थित चैनपुर इलाका प्रहरी कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी कार्कीलाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार कार्कीले मादी नगरपालिका–१ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या गरेका थिए ।

व्यक्तिगत रिसइवीका कारण लोकबहादुरले गत सोमबार बिहानै ६ आफ्ना बडाबाबु ५८ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरका ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको हत्या गरेको स्वीकार गरेका छन्।

सुरुमा बडाबाबु तेजबहादुरलाई दाउरा प्रहार गरी हत्या गरेको र त्यसपछि अरुलाई पनि लखेटी लखेटी हत्या गरेको उनले बयान दिएका छन् । उनकाृ घर तलासी गर्दा प्रहरीले रगत लतपत कपडा फेला पारेको थियो । उनै व्यक्ति विभिन्न संचार माध्यमलाइ प्रत्यक्षदर्शी जसरी अन्तर्वार्ता दिँदै हिडेका थिए ।