एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दा आज हेर्न भ्याइएन

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं,२८ भदाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । 

सोमबारका लागि न्यायाधीशहरू दीपककुमार कार्की र मीरा खड्काको इजलासमा पेसी तोकिए पनि उक्त मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो । उक्त मुद्दाको सुनुवाइका लागि न्यायाधीशद्वय कार्की र खड्काको इजलासको ५ नम्बरमा पेसी तोकिएको थियो ।बेञ्च-बार समन्वय समितिको बैठक परेकाले उक्त मुद्दाको सुनुवाइ हेर्न नभ्याइनेमा जनाइएकाे छ ।  

माधवकुमार नेपालसहित १४ संघीय सांसद र लुम्बिनी प्रदेशका २ प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने मागसहित रिट दायर गरिएकाे थियाे ।

रिटमा एमालेले कारबाही सिफारिस गरेका १४ सांसद पदमुक्त भइसकेको र त्यसलाई आयोगले मान्यता दिएर नयाँ पार्टीको मान्यता दिनु असंवैधानिक भएको जिकिर गरिएको छ।२२ भदौमा रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले अन्तरिम आदेशबारे छलफलका लागि दुबै पक्षलाई बोलाउन आदेश गरेको थियो।