असोजको दोस्रो सातादेखि नै दशैंकाे टिकट बुकिङ खुलाउन सरकारको आग्रह

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडौं ।यातायात व्यवस्था विभागले अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवसायीलाई आग्रह गरेको छ । दशैंको घटस्थापना सुरु हुन करिब तीन साता अगाडि नै सरकार तयारीमा जुटेको हो । व्यवयायीलाई असोजको दोस्रो सातादेखि नै अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको छ ।

तर,सरकारले गरेको अग्रिम टिकट बुकिङ खोल्ने प्रस्तावमा व्यवसायीहरु पर्ख र हेरको स्थितिमा रहेका छन् । बुकिङ खुल्नुअघि दशैंमा घर जाने यात्रुको चापलार्ई हेरेर निर्णय लिनुपर्ने बताएका छन् ।गत वर्ष सरकारले अग्रिम टिकट बुकिङ नखुलाउँदा बाहिरिने यात्रुले कष्ट भोग्नु परेको थियो ।

दोस्रो चरण छलफल गरेर मात्रै अग्रिम बुकिङबारे टुंगो लाग्ने नेपाल यातायआत व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउँछन् ।
यात्रुको चाप थोरै भएमा बुकिङ खोल्न आवश्यक नपर्ने संकेत व्यवसायीको छ ।

कोरेनाको महामारीका कारण गत वर्ष भने उपत्यकाबाट बाहिरिनेको संख्या आधा घटेको थियो । अहिले संक्रमणको लहर कम भएकाले यो वर्ष दशैंमा घर जानेको संख्या गत वर्षभन्दा धेरै हुने अनुमान गरिएको छ ।

दशैंको मौका छोपी बढी भाडा लिएर ठगी हुने हुँदा त्यसलाई रोक्न र सहजसँग घर जाने वातावरण बनाउन अग्रिम बुकिङ खुलाउने गरिएको छ ।