प्रधानमन्त्री देउवा भन्छन् -बजेट पारित नभए पनि सरकारलाई खर्च गर्न समस्या हुन्न

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । बजेट प्रतिस्थापन विधेयक संसद्‌बाट पारित नहुँदा सरकारलाई तत्काल खर्च गर्न अप्ठयारो पर्ने भएको छ ।

तर,प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित नभए पनि खर्च गर्न समस्या नहुने प्रतिक्रिया दिएका छन् ।मंगलबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै देउवाले भने हिजो जसरी चल्याथ्यो, त्यसैगरी चल्छ ।

संसद बैठक असोज ४ गतेका लागि बोलाइएको छ । बजेट पारित नभएपछि भदौ ३० पछिको सरकारी खर्च कसरी चल्छ भन्ने प्रश्न उठेको छ ।अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पारित नहुँदा ५(७ दिन सरकारी खर्च रोकिन सक्ने बताएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले भने केही दिन खर्च गर्न कठिन भए पनि नियमित प्रक्रियाबाटै बजेट पारित गर्ने प्रतिक्रिया दिएका छन् । उनले भने, सहमति भए सहमतिअनुसार पारित गर्छौं, सहमति नभए नियमित प्रक्रिया पूरा गर्छौं ।

प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सरकारले बजेट पारित गर्न सकेकाे छैन।