चीनबाट ४४ लाख खोप आइपुग्याे

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं,१ असाेज । सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप शुक्रबार दिउँसो काठमाडौं आइपुगेको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको खोप लिन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल गएका थिए । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ ।

नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।

यसैबीच, काठमाडौं उपत्यकामा ४० प्रतिशतले पूर्ण रुपमा कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

उपत्यकामा १५ लाख ५५ हजार आठ सय ९५ जनाले पहिलो मात्रा र ११ लाख ७१ हजार चार सय २० पूर्ण मात्राको खोप लगाइसकेका छन् ।