‘भेरोसेल’को दोस्रो डोज असोज ४ गतेदेखि,कहाँ कहाँ लगाइँदैछ खाेप?

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , ५ वर्ष अगाडि

काठमाडौं। यही असोज ४ गतेदेखि काठमाडाैंमा चिनियाँ खोप ‘भेरोसेल’को दोस्रो डोज लगाइँदैछ ।सरकारले चीनबाट खरिद गरेकाे खाेप काठमाडाैं भित्रिए लगत्तै दाेस्राे डाेज लगाउन सूचना जारी गरेकाे हाे ।

खोप काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा लगाइनेछ ।यसैगरी कीर्तिपुर नगरपालकिामा १० ठाउँमा, चन्द्रागिरि नगरपालिकामा १५ ठाउँमा नागार्जुन नगरपालिकाको १०, तार्केश्वर नगरपालिकाको ११, दक्षिणकाली नगरपालिकाको ९, बुढानीलकण्ठ नगरपालिकाको १३, टोखा नगरपालिकाको ११, गोकर्णेश्वर नगरपालिकाको ९, शंकरापुर नगरपालिकाको ९ ठाउँ र कागेश्वरी मनोहरा नगरपालिकाको ९ स्थान भेरोसेल दोस्रो डोज खोप लगाउने मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।