काठमाडाैं । समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन्।
परिवर्तित परिस्थितिमा सामूहिक राजीनामा दिइएको परिषदका सदस्य सचिव पुष्कर खातीले जानकारी दिए। परिषदका पदाधिकारीहरुले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् ।उनीहरू सबै केपी ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएकाहरू हुन् ।
राजीनामा दिएको विषयमा र आफूहरुले गरेका कामको विषयमा जानकारी दिन परिषदको कार्यालयमा आज पत्रकार सम्मेलनसमेत आयोजना गरिएको खातीले बताए ।

