काठमाण्डौ ८ असोज । फ्रेम भित्र सजाएर राखिएको श्रीपेच लगाएर राजा बन्न चाहेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । नारायणहिटी दरवार संग्रहालयमा राखिएको श्रीपेचको सिसा फुटाउने ति युवालाई प्रहरीले पक्राउ गरेको हो ।
आज संग्रहालय घुम्न छिरेका रुकुम पश्चिमका एक २५ वर्षे युवाले सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार पक्राउ पर्ने रुकुम मुसिकोटका २५ बर्षका खेमबहादुर घर्ती हुन ।
उनले ‘म अब श्रीपेच लगाएर राजा बन्छु भन्दै श्रीपेच फुटाएको भेटियो, पक्राउ परेका घर्तीलाई प्रहरीले दरबारमार्ग प्रहरी वृत्तमा राखेर सोधपुछ गरिरहेको जानकारी प्राप्त भएको छ ।

