रक्तदान कार्यक्रमबाट सनराइज बैकले २५५ प्रिन्ट रगत सँकलन गर्यो

Dipak Pudasaini Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , Others/अन्य , प्रदेश , ३ वर्ष अगाडि

कठमाण्डौ १७ असोज । सन्राइज बैंकले १४औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गर्यो । सहयात्रा जीबन सुरक्षाको लागि भन्ने नाराको साथ असोज १५ गते बैंकले सातै प्रदेशमा रक्तदान कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा २५५ जनाले रक्तदान गरेका छन् । आउँदै गरेको महान चाँड दशैंमा मानिसहरु किनमेल, भ्रमण आदिमा व्यस्त रहने र उक्त समयमा हुन सक्ने रगत अभावलाइ परिपूर्ति गर्न यस रक्तदान कार्यक्रमले मद्दत पु¥याउने अपेक्षाका साथ रक्तदान कार्यक्रम आयोजना गरेको बैकले बताएको छ । दशैं र बैंकको १४औं वार्षिकउत्सवको अवसरमा सर्वाधिक १०.०७ प्रतिशत ब्याज प्रदान गर्दै आएको सनराइज बैंकले वातावरण, स्वास्थ्य, सरसफाई, आदि क्षेत्रमा यस महिना भर विभिन्न कार्यक्रम गर्ने योजना रहेको जानकारी दिएको छ ।