ओलीले यस वर्ष दशैंको टीका नलगाउने

NewsBankNepal Banner Headline with Image , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष बडा दसैँको टीका नलगाउने भएका छन् ।

यसै वर्ष पारिवारिक सदस्यको निधन भएका कारण ओलीले आफू पनि टीका नलगाउने र शुभेच्छुकहरूलाई पनि टीका नलगाउने प्रेस संयोजक रामशरण बजगाईले बताए ।

अध्यक्ष ओलीको काकाका छोराको यसै वर्ष निधन भएकाले परिवारमा टीकाको कार्यक्रम नरहेको जनाइएको छ ।