काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले नेपालगन्ज र सुनसरी घटनाका दोषिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । सो घटनाबारे मंगलबार ध्यानाकर्षण गराउन पुगेको
मुस्लिम आयोग र राष्ट्रिय महिला आयोग नेतृत्वको टोलीलाई गृहमन्त्री खाँडले घटनाबारे छानबिन गर्न समिति गठन गरिएकाले छिट्टै सत्यतथ्य पत्ता लगाएर कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र महिला आयोगका अध्यक्ष कमला पराजुलीसहितका टोलीले दोषिमाथि कारबाहीको माग माग गरेका थिए ।
बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ताबारे जिल्लामा सुनुवाइ नभएपछि २० दिन हिँडेर काठमाडौं आएकी महिला अधिकारकर्मी रुबी खान अनशनमा बस्नु परेको थियो तर उनले ११ औं दिनमा मंगलबार अनशन तोडेकी छिन् ।
अन्तरजातीय र अन्तरधार्मिक प्रेम विवाह गरेका सुनसरी भोक्राहाका मोहम्मद हाकिम साहको हिरासतमा मृत्यु भएको घटनाबारे पनि छानबिन गरी कारबाही गर्न ध्यानार्षण गराइएको थियो ।गृहमन्त्रीलाई भेट्नुअघि दुवै आयोगका अध्यक्षले अनशनस्थलमा पुगेर खानसहितका अधिकारकर्मीलाई भेटेका थिए ।

