विराटनगर विमानस्थलमा खाेला पस्याे

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , Photo Bank , Photo Gallery , ४ वर्ष अगाडि

माेरङ,३ कात्तिक । लगातारकाे वर्षाका कारण केसलीया र बास्ता खोलामा आएको बाढी विराटनगर विमानस्थलमा पसेको छ । बुधबार बिहान विमानस्थलभित्रै बाढी पसेपछि त्यहाँ हुने सबै उडान रद्ध गरिएकाे छ ।

विमानस्थलको रनवे र पार्किङ एरिया जलमग्न भएको छ ।भित्र कम्तीमा ३ देखि ६ फिटसम्म पानी जमेको छ । पानीको निकास नभएसम्म उडान हुन सक्ने अवस्था छैन ।

बुद्ध र यती एअरले सूचना जारी गरी काठमाडौं–विराटनगरका लागि आज निर्धारित सबै उडानहरु रद्ध गरेको जानकारी दिएका छन् । यसअघि पनि वर्षाकाे माैसममा साे  विमानस्थल डुवानमा परेकाे थियाे ।