५ देखि ११ वर्षसम्मका बालबालिकालाई ‘फाइजर’ खोप लगाइने

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं,६ कात्तिक । कोभिड-१९ विरुद्धको फाइजर खोप नेपालमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने भएको छ।  नेपाल सरकारले अमेरिकाबाट पहिलो खेपमा १ लाख डोज फाइजर खोप आउँदो सोमबार ल्याउन लागेको छ ।

युएस फुड एन्ड ड्रग डमिनिस्ट्रेसनबाट अनुमति पाएपछि ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि सम्भवतः नोभेम्बरदेखि खोप दिइने फाइजर–बायोएनटेक कम्पनीले जनाएको छ ।

फाइजर–बायोएनटेकले ११ वर्षमाथिका किशाेरकिशोरीका लागि यसअघि नै यो खोप ल्याइसकेको छ । अमेरिकामा १२ देखि १७ वर्षसम्म उमेर समूहका ११ मिलियन ९१ करोड १० लाख० बालबालिकाले फाइजर खोप लगाइसकेका छन् ।

परीक्षणबाट प्राप्त नतिजाका आधारमा कोभिड-१९ भ्याक्सिनले बालबालिकामा बलियो प्रतिरोध क्षमता विकास गरेको फाइजर-बायोएनटेक कम्पनीले दाबी गरेको छ । पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई १० माइक्रोग्राम मात्र भएको दुई डोज खोप दिइएको थियो। १२ वर्षभन्दा माथिका बालबालिकालाई भने यही मात्राको खोपको तेस्रो डोज पनि दिइएको थियो ।