बाढीपहिरो पीडितहरुका लागि विशेष प्याकेजको घोषणा गर्छाैं:प्रधानमन्त्री देउवा

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

इटहरी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताएका छन् ।

आज पूर्व क्षेत्रको बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा प्रदेश १ को इटहरी पुगेका प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरुको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले धेरै क्षति गरेको भन्दै सरकारले किसानहरुको पीडामा मल्हम लगाउने काम गर्ने बताए ।

प्रधानमन्त्री देउवाले अवस्था बुझेर काठमाडौं फर्केपछि छिट्टै राहत प्याकेज घोषणा गर्ने बताए । साधन स्रोत मागेरै भए पनि अहिलेको अवस्थामा पीडितहरुलाई सहयोग जुटाउने प्रधानमन्त्रीको भनाई थियो । उनले भने,‘हामी पीडितलाई ऋण लिएर भए पनि बासस्थानको र खानको लागि व्यवस्था गर्नेर्छौं ।’

प्रधानमन्त्री देउवाले बाढीपहिरो पीडितको उद्धार तथा राहत कार्यमा जुटने काम गरेकोमा सुरक्षाकर्मीहरुको समेत प्रशंसा गरे ।