काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेतृत्वले हेलचेक्रयाई गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आइपुगेको बताएका छन् । लोकतान्त्रिक पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक काम गरेको भन्दै त्यसको विरोधमा सशक्त आवाज उठाउनुपर्नेमा जाेडदिए।
आइतबार नेपाली कांग्रेस कीर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले अहिलेकै अवस्था कायम रहे राष्ट्रिसभाको चुनावमा भाग लिनबाट पार्टी बञ्चित हुनुपर्ने जोखिम आएको भन्दै त्यसको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने बताए ।
‘पार्टीभित्रको समस्यामा कुरा हामीले नउठाए कस्ले उठाउँछ भन्दै नेता सिंहले भन्े, पार्टीको समस्या हामी आफै समाधान गर्ने हो।पार्टीभित्रका भजन मण्डलीले नेतृत्वलाई अलमलमा पारिरहेको हुँदा आलोचना गर्दा पार्टीको विधि र पद्धतीको रक्षा हुने जिकिर गरे ।
कांग्रेसको इतिहास राम्रो छ भन्दैमा चुप लागेर बसे आगामी चुनावमा जनताले त्यसको नतिजा देखाइदिने बताउँदै उनले अझै राम्रो गर्न सबै नेता कार्यकर्ता लाग्नुपर्नेमा जोडदिए ।केही व्यक्तिले आफ्नो पक्षमा मत लिनको लागि धाधली गरेको र सदस्यता वितरणमा केही पुराना काँग्रेसीहरुलाई अन्याय भएको टिप्पणी गरे ।
पार्टीभित्रको बेथिति र विकृति अन्त्यका लागि नयाँ पुस्ता आउनुपर्ने उनको धारणा थियो ।देशमा लोकतन्त्र जोगाउनको लागि कांग्रेसमा विधि पद्धती जोगाउन जरुरी रहेको समेत नेता सिहंले बताए ।
नेता सिंहले ओली सरकारले न्यायापालिकालाई हस्तक्षेप गर्दा न्यायालयमा अहिलेको अवस्था सिर्जना भएको दाबी गरे ।

