पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरूद्धकाे मुद्दामा आज फैसला भएन

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । बालुवाटार जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरूद्धकाे मुद्दाको आज फैसला हुन सकेन ।यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर बजरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले आज फैसला सुनाउन आदेश गरेको थियो । तर, न्यायाधीश सुवेदी आज अदालतमा अनुपस्थिति हुनुभएको कारण आजको लागि पेशी तोक्न नसकिएको सर्वाेच्च अदालतले जनाएकाे छ।

अहिले न्यायाधीश सुवेदी देश बाहिर रहेका त्यसकारण आज उक्त मुद्दाको फैसला हुन नसकेकाे जनाइएकाे छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै २०७६ माघ २९ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा अख्तियारले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।उक्त मुद्धामा गच्छदारले भने सफाइ पाइसकेका छन् ।