भीम आचार्यको बहिर्गमन सँगै आजबाट एमाले पूर्ण प्रतिपक्षमा

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , ३ वर्ष अगाडि

काठमाडौं, १५ कार्तिक । आजबाट एमाले पुर्णरुपमा प्रतिपक्षमा सिमिती भएको छ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले ६८ औ दिनमा राजीनामा दिएर सरकारबाट बाहिरिए संगै एमाले सरकार रहित भएको हो ।
केन्द्र देखी ४ वटा प्रदेश सम्मको नेतृत्व गरेको तत्कालिन बाम गठबन्धन नेकपा बिभाजन भएसंगै क्रमशः ढल्दै गयो । गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल र वागमतीमा अष्टलक्ष्मी शाक्य अघिनै हटिसकेका थिए भने प्रदेश १ बाट आज भिम आचार्य बाहिरिएका हुन । त्यसैगरी सर्बोच्चको परमादेश पछी गत असार २८मा केपी ओली नेतृत्वको एमालेको केन्द्रिय सत्ता ढलेको थियो ।