कांग्रेसको बाँकी १३ जिल्लामा २७ गते अधिवेशन हुँदै

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन गर्न बाँकी १३ जिल्लामा यहि कात्तिक २७ गते वडा अधिवेशन हुँदैछ।

क्रियाशील सदस्यता विवादका कारण देशभर अन्य वडामा अविधेशन सकिए पनि प्रदेश नम्बर २ का आठै जिल्ला, कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवाको वडा अधिवेशन हुन सकेको थिएन।

वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा तोकिएको वडा अधिवेशन गर्न निर्वाचिन अधिकृत तोकिएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका अनुसार पर्सामा नरेन्द्र केसी, बारामा ज्ञानेन्द्रपसाद अधिकारी, रौतहटमा दीपकराज गिरी, सर्लाहीमा विनोद कार्की, महोत्तरीमा इन्द्र अधिकारी, धनुषामा अरुण ज्ञवाली, सप्तरीमा डा। रुद्र शर्मा र सिराहामा सन्जीव लामालाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ।

यसैगरी कैलालीमा टेकप्रसाद सुवेदी, बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमनकुमार केसी र डोल्पामा कुमारराज श्रेष्ठलाई निर्वाचन अधिकृत बनाइएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।