काठमाडाैं ।नेकपा एमालेले १० औँ राष्ट्रिय महाधिवेशनका लागि आज देशभर प्रतिनिधि चयन गर्दैछ । आगामी मङ्सिर १० देखि १२ गते सम्म चितवनमा हुने १०औँ महाधिवेशनका लागि १ हजार ९ सय ९९ जना प्रतिनिधि चयन गर्न लागेको हो ।
एमालेले एक निर्वाचन क्षेत्रबाट पार्टीका एक हजार दुई सदस्य बराबर तीन जना प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ । जसमा एक जना महिला अनिवार्य गरिएको छ। यसअघि एक हजार पाँच सय सदस्य बराबर तीन जना छनोट गर्ने व्यवस्था रहेको थियो ।
एक हजार दुई सयभन्दा बढी सदस्य भएको निर्वाचन क्षेत्रमा थप प्रतिनिधि छनोट गर्ने व्यवस्था छ। यस अनुसार, आठ सय जना बराबर एक जना महाधिवेशन प्रतिनिधि छनोट गरिनेछ।
एमाले प्रचार विभागका अनुसार सङ्गठित सदस्यको सङ्ख्या आठ लाख नाघिसकेको छ ।

