मानापाथी हिमालमा हिम पहिरो गयो, ६ जना घाईते

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , ४ वर्ष अगाडि

जोमसोम, २८ कार्तिक । मुस्ताङको कोवाङ स्थित मानापाथी हिमालमा भीषण हिमपहिरो खसेको छ । आईतबार विहान ११ बजेर ४० मिनेटको समयमा टुकुचे पिक अर्थात मानापाथी हिमालबाट हिउँ पहिरो खसेको मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताएका छन ।
हिउँपहिरोबाट अहिले सम्म मानवीय क्षति भएको खबर छैन उनले भने । मुस्ताङको थासाङ गाँउपालिका–३ स्थित कोवाङको याङदेल खर्क भन्ने ठाँउमा हिमपहिरो खसेको प्रजिअ शर्माले बताए । उनका अनुसार स्थानीयबासीको चरन क्षेत्र भएकोले जनावरलाई भने असर परेको छ । हिमपहिरो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । हिमपहिरोले मानवीय त्रास बढेको छ । यो अहिलेसम्मकै ठूलो हिमपहिरो भएको पनि उनले बताएका छन ।

हिमपहिरोको छर्रा र हावाको त्रासले स्थानीय जनआदर्श अमरसिंह माविका विद्यार्थीको भागभाग भएको छ । त्यहाँका शिक्षक प्रकाश सुवेदीका अनुसार भागाभागको क्रममा लडेर ६ जना विद्यार्थी घाइते भएका छन । उनीहरुलाई उपचारका लागि सदरमुकाम जोमसोम लगिँदै छ । ‘हिमपहिरोबाट निस्केको हावाको बेग र छर्राले गर्दा विद्यार्थी डराएका हुन,’ उनले भने । हिमपहिरोमा केही जंगली जनावर परेको हुन सक्ने संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष जीवन थकालीले जानकारी दिएका छन