काठमाडाैं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण बिहानैदेखि यात्रुले सास्ती पाएका छन् ।सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् ।
विभिन्न जिल्लाबाट काठमाण्डौ आइपुगेका यात्रु र काठमाण्डौबाट बाहिर जानपर्ने यात्रुहरू विभिन्न ठाउँमा अलपत्र परेका छन् । कलङ्की, नयाँ बसपार्क, बल्खु, कोटेश्वर लगायतका चोकमा झरेका यात्रुहरुले गन्तव्यमा जान सार्वजनिक गाडी कुरेर बसे पनि पाउन सकेका छैनन् ।
बन्दको प्रभाव कम गर्न ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ । चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो छ । प्रहरीले फाट्टफुट्ट सार्वजनिक गाडी चलिरहेको पनि जनाएको छ । सार्वजनिक गाडीको सङ्ख्या कम भए पनि निजी गाडी भने सामान्य रुपमा चलिरहेका छन् ।
नेपाल बार एसोसिएसनको आन्दोलनमा जाने अधिवक्तालाई नरोक्ने भएको छ।न्यायालय शुद्धीकरणका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार देशव्यापी आन्दोलनमा उत्रिएको छ ।
काठमाडाैं उपत्यका र बाहिर बन्द गराउँदै हिँडेका केही बन्दकर्तालाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

