प्रधानन्यायाधीश जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन बारकाे अल्टिमेटम

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध तेस्रो चरणको आन्दोलन सुरु गरेको छ ।

उसले प्रधानन्यायाधीश जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ । बुधबार बारको कार्यालय परिसरमा बोल्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले मंसिर ३ गतेभित्र राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध प्रदर्शन गर्ने चेतावनी समेत दिए।

प्रधानन्यायाधीश जबाराको राजीनामा न्यायालय सुदृढिकरणका लागि भएको बताउँदै उनले भने,न्याय किनबेच हुनुहुँदैन भनेर हामी आन्दोलनमा छौं । न्यायालयको शिर निहुरिइरहेको छ ।

प्रधानन्यायाधीश जबरासँग व्यक्तिगत नभएर न्यायालयमा विकृति ल्याएकाले आन्दोलित हुनु परेको उनको भनाई थियो।

ुप्रधानन्यायाधीश जबराले गरेका विवादस्पद फैसालबारे पनि बारले अध्ययन गर्ने अध्यक्ष श्रेष्ठले बताए । जबराले गरेका फैसला नेपाल बारलाई दिन उनले आह्वान गरे ।