एमालेले १० औँ महाधिवेशनमा नेकपा (एस) लाई नबाेलाउने

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

चितवन,१ मंसिर । नेकपा एमालेले १०औँ राष्ट्रिय महाधिवेशन सुरु हुन अब आठ दिन मात्रै बाँकी छ ।

महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनलाई विभिन्न राजनीतिक दल, विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विदेशी पार्टीका नेतालगायतलाई निमन्त्रणा पठाएकाे एमालेले नेकपा (एकिकृत समाजवादी) लाई उद्घाटन सत्रमा नबोलाउने भएको छ ।

महाधिवेशनको तयारीबारे जानकारी गराउन बुधबार पत्रकार सम्मेलन गरेका एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनमा नेकपा (एस) बाहेक सबै दललाई निमन्त्रणा गरिएको जानकारी दिए ।नेकपा (एकिकृत समाजवादी) लाई एमालेले ‘अवैध’ भन्दै आएको छ ।

महाधिवेशनमा दजनौँ विदेशी पार्टीका नेताहरू सहभागी हुने उनले बताए ।

महाधिवेशनको उद्घाटन सत्र हुने स्थान नारायणगढस्थित नारायणी नदी किनारमा बुधबारदेखि मञ्च निर्माणको काम सुरु भएको छ । एमालेको महाधिवेशनको बन्द सत्र सौराहाको होटल सेभेन स्टारमा हुँदै छ ।