काठमाडौँ विश्वकै प्रदूषित शहरको नवौँ नम्बरमा

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं । नेपालको संघीय राजधानी काठमाडौँ विश्वकै प्रदूषित शहरको नवौँ नम्बरमा परेको छ ।

वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा छ ।

दोस्रोमा भारतको राजधानी नयाँ दिल्ली, तेस्रोमा बंगलादेशको ढाका, चौथोमा भारतकै कोलकाता, पाचौँमा दक्षिण कोरियाको इनचोनलगायत छन् ।

त्यहाँ वायु गुणस्तर सूचकांक पिएम-२.५ (पार्टिकुलेट म्याटर)को मात्रा प्रतिघन्टा ४०७ माइक्रोग्राम प्रतिघनमिटर छ । जुन घातक हो ।

शनिबार बिहानको तथ्यांक अनुसार काठमाडौंसहित पाँच शहरको वायु प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको छ ।

नेपालमा पनि यो सूचकांक पाँच सयसम्म नाघ्ने गरेको छ ।प्रदूषणकै कारण उपत्यकाकाे माैसम केही दिनदेखि धुमिल रहेकाे छ ।

पछिल्लो सातादेखि काठमाडौं उपत्यकालगायतका मुख्य सहरहरुमा वायु प्रदूषणको दर उच्च भएको छ । वातावरण विभागको तथ्याङ्क अनुसार काठमाडौं, पोखरा, सिमरा, विराटनगर, महेन्द्रनगरमा वायुको गुणस्तर अस्वस्थकर र हानिकारक भएको छ ।

वायुको गुणस्तर खस्किएसँगै स्वास्थ्यकर्मीहरुले प्रदूषित क्षेत्रका सहरबासीलाई विहान र साँझपख शारीरिक व्यायामका लागि बाहिर हिँड्डुल नगर्न सुझाव दिएका छन् ।