धनुषा । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि एमाले चोइटिएर जाने दाबी गरेका छन् ।
बुधबार बिहान जनकपुरधामस्थित पार्टी कार्यालय उद्घाटनको क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले चुनावपछि एमालेको अवस्था ‘बिजोग’ र ‘बेहाल’ हुने टिप्पणी गरे ।
नेकपा एसको शक्ति देखेर केपी ओली आत्तिएर गालीगलौजमा उत्रेकाे र छटपटाएर अन्टसन्ट बोलिरहेकाे बताए ।एमालेभन्दा आफ्नो पार्टीको मधेसप्रतिको धारणा राम्रो रहेको भन्दै अध्यक्ष नेपालले, मधेसी जनतालाई विश्वासमा लिएर हामी अगाडि बढ्ने बताए ।
सञ्चारकर्मीको एक प्रश्नमा उनले भने, ‘प्रदेश २ को नाम र राजधानीको विषयमा अहिले पार्टीमा छलफल भएकाे छैन तर,राजधानीका लागि जनकपुरधाम नै उपयुक्त हुने बताए ।

