एमालेकाे १०औं राष्ट्रिय महाधिवेशन आजदेखि शुरू हुँदै

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

चितवन,१० मंसिर । नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनको आज मध्यान्ह नारायणगढ नारायणी नदी किनारमा उद्घाटन हुँदैछ । उद्घाटनअघि भरतपुरका सात ठाउँमा नेता कार्यकता भेला हुने छन् र र्‍याली निस्कने छ । 

विभिन्न स्थानबाट निस्कने जुलूस नारायणी नदी किनारमा पुगेर उद्घाटन सभामा परिणत हुनेछ ।उद्घाटन समारोहलाई अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्नेछन् । शुभकामना दिन कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पनि चितवन जाँदैछन् ।

विभिन्न राजनीतिक दलका नेताहरु र विदेशी पाहुनाहरुलाई पनि एमालेले महाधिवेशनमा निम्तो दिएको छ ।उद्घाटन समारोहमा पाँच लाख मानिस उतार्ने एमालेले दाबी गरेको छ ।

उद्घाटन समारोह सकिएपछि भोलिपल्टदेखि सौराहाको होटल सेभेन स्टारमा बन्दसत्र आयोजना हुनेछ ।महाधिवेशनको दिनसम्म पनि नेतृत्व चुनावबाट छानिन्छ कि सर्वसम्मत हुन्छ भन्ने निश्चित भएको छैन ।

विभिन्न पदका आकांक्षी अध्यक्ष केपी शर्मा ओलीको इसारा कुरेर बसेका छन् । महाधिवेशनमा भाग लिन विभिन्न क्षेत्रबाट चितवन आइपुगेका अधिकांश प्रतिनिधि भने सर्वसम्मत नेतृत्व चयनको पक्षमा देखिएका छन् ।