काठमाडाैं,१० मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वाेच्च अदालतमा देखिएकाे विवादको निकास छिट्टै निकाल्ने आश्वासन दिएका छन् । नेपाल बार एसोसिएसनसँग शुक्रबार बिहान बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनका दलसँग छलफल गरेर निकास निकाल्ने बताएका हुन् ।
कानुन व्यवसायीका कुरा सुनेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराकाे विषयमा आफू गम्भीर रहेको प्रधानमन्त्रीले बताए । प्रधानन्यायाधीशको बहिर्गमनको विकल्प नभएको कुरा बारका पदाधिकारी र वरिष्ठ अधिवक्ताहरूले प्रधानमन्त्री समक्ष राखेका थिए ।
प्रधानमन्त्रीसँगकाे छलफलमा बारका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, बारका पदाधिकारी, वरिष्ठ अधिवक्ताहरू दमननाथ ढुंगाना, बद्रिबहादुर कार्की, प्रेमबहादुर खड्का, शम्भु थापा, रमन श्रेष्ठ, हरिहर दाहाल, सतीशकृष्ण खरेललगायत सहभागी भएका थिए ।
पछिल्लो पटक सर्वोच्च अदालतको नियमावली संशोधन गरेर १५ मंसिरदेखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय पनि नेपाल बार एशोसिएसनले भने जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने बताउँदै अाएका छन् ।