नेपाली महिला क्रिकेट टाेलीकाे टी–२० विश्वकप खेल्ने सपना अधुरै

NewsBankNepal News/समाचार , Sports/खेलकुद , ३ वर्ष अगाडि

काठमाडाैं । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको छ। 

यो पराजयसँगै नेपाली महिला टोलीको आईसीसी महिला टी–२० विश्वकप खेल्ने सपना अधुरो बनेको छ भने  यूएईले टी–२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाएको छ ।

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा आज भएको अन्तिम खेलमा यूएईले दिएको एक सय २८ रनको विजय लक्ष्य पछ्याएको नेपाल १९.४ ओभरमा सबै विकेटको क्षतिमा ७९ रनमा समेटिएको थियो ।

नेपालका लागि इन्दु बर्माले १५ रन बनाइन् । सीता रानामगरले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

नेपाललाई सस्तैमा समेट्न समैरा धारनीधारकाले सर्वाधिक चार विकेट लिइन्। खुशी शर्मा र चामानी सेनेभिरत्नाले समान दुई दुई विकेट लिए। चाया मुगलले एक विकेट लिइन्।

टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली संयुक्त अरव इमिरेट्स (यूएई)) ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय २७ रन बनाएको थियाे ।यूएईका लागि चामानी सेनेभिरत्नाले सर्वाधिक ५२ रन बनाइन् । थिर्था सतिसले ४७ र कभिसा इगोडेजले २२ रन बनाइन्।

 ६ टोली सहभागी छनोट खेलमा यूएई एक्लो अपराजित टोली हो । शीर्षस्थानमा रहेको यूएईको १० अङ्क छ ।