जापानले ओमिक्रोन भेरियन्टमा सबै विदेशी आगन्तुकहरूलाई प्रतिबन्ध लगाउने

Lok Bhatta Banner Headline with Image , Latest Update , News/समाचार , स्वास्थ्य , ४ वर्ष अगाडि

जापानले कोरोनाभाइरसको नयाँ ओमिक्रोन भेरियन्टको उदयपछि कडा प्रवेश नियमहरू नरम पारेको केही हप्तामै विश्वभरका सबै विदेशी आगन्तुकहरूको प्रवेशमा प्रतिबन्ध लगाउने बताएको छ ।

सप्ताहन्तमा, जापानले दक्षिण अफ्रिका र यस क्षेत्रका अन्य आठ देशहरूबाट आउने मानिसहरूका लागि प्रवेश प्रतिबन्धहरू कडा ग¥यो, उनीहरूलाई सरकारले तोकेका सुविधाहरूमा १०–दिनको क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यता थियो ।

सोमबारको घोषणाको अर्थ जापानले छोटो अवधिका व्यापारिक आगन्तुकहरू, विदेशी विद्यार्थीहरू र कामदारहरूको लागि यस महिनाको सुरुमा सहज भएको सीमा नियन्त्रणहरू पुर्नस्थापित गर्नेछ ।

देशले महामारीको समयमा १८३०० भन्दा बढी कोरोनाभाइरस मृत्युहरू रेकर्ड गरेको छ । तर कडा बन्दाबन्दीहरू बेवास्ता गरेको छ । लगभग ७६.५ प्रतिशत जनसंख्या अब पूर्ण रूपमा खोप लगाइएको छ ।

दक्षिण अफ्रिकाका अन्वेषकहरूले गत हप्ता पहिचान गरेको नयाँ ओमिक्रोन भेरियन्टको खोज पछि धेरै देशहरूले आफ्नो सिमाना कडा गरेका छन् ।

धेरै देशहरूमा भेरियन्ट पहिले नै पत्ता लागेको छ र सिमाना बन्द गर्दा अक्सर सीमित प्रभाव हुन्छ भन्ने कुरालाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सीमानाहरू खुला रहन आह्वान गरेको छ ।

एक विज्ञप्तिमा, डब्ल्यूएचओले यो उल्लेख ग¥यो कि यात्रा प्रतिबन्धहरूले कोभिड १९ को फैलावटलाई थोरै कम गर्न भूमिका खेल्न सक्छ तर जीवन र जीविकोपार्जनमा ठूलो बोझ राख्छ ।

दक्षिण अफ्रिकाको सरकारले आफूमाथि गरिएका यात्रा प्रतिबन्धलाई क्रोधित रूपमा प्रतिक्रिया दिएको छ ।