राप्रपाको एकता महाधिवेशन आज देखी लिङदेनको थापालाई चुनौती

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , स्थानीय निर्वाचन , ३ वर्ष अगाडि

काठमाडौं,१५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । कमल थापा, पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाको एकीकरण पछि हुन लागेको यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन पनि भनेको छ ।

यो महाधिवेशनबाट राप्रपाको नयाँ नेतृत्व चयन हुनेछ । ३ दिनसम्म चल्ने महाधिवेशनबाट झण्डै चार हजार प्रतिनिधिहरूले १ सय ४७ सदस्यीय कार्य समिति चयन गर्ने राप्रपाले बताएको छ ।
१ सय ९९ सदस्य कार्य समितिमा ७५ प्रतिशत अर्थात अध्यक्षसहित १४७ जना प्रत्यक्ष निर्वाचित हुनेछन भने बाँकी २५ प्रतिशत अर्थात ५२ जना निर्वाचित कार्य समितिले मनोनित गर्ने राप्रपाको विधानमा व्यवस्था छ ।
यस पटक राप्रपामा नेतृत्व परिवर्तनको आवाज चर्किएको छ । अध्यक्षका लागि नेता राजेन्द्रप्रसाद लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन । वर्तमान अध्यक्ष कमल थापा अध्यक्षका स्वभाविक दावेदार छन ।
नेपालगञ्जका मेयरसमेत रहेका डा. धवलशम्शेर जबराको समर्थनमा उम्मेदवारी घोषणा गरेका लिङ्देनलाई पार्टीका एक जना अध्यक्ष डा. लोहनीले पनि समर्थन गरेका छन भने उनलाई उनलाई युवा नेताहरूले पनि साथ दिने भएका छन ।
अध्यक्ष थापालाई भने नेताहरू दीपक बोहोरा, बुद्धिमान तामाङ, जयन्त चन्द, रोशन कार्की, उद्धव पौडेललगायतको साथ रहेको बुझिएको छ ।

अर्का अध्यक्ष पशुपतिशम्शेर जबराले भने आफू अध्यक्षको उम्मेदवार नबन्ने भन्दै एकताको महाधिवेशनको पक्षमा रहेको बताएका छ । राणाले खुलेर कसैलाई समर्थन गरेका छैनन ।