वेलिंगटन स् अन्टार्कटिका, पृथ्वीको सबैभन्दा दक्षिणी महादेश, यहाँ १०० भन्दा बढी ज्वालामुखीहरूको घर छ । यी ज्वालामुखीहरू बरफको मोटो तहमुनि लुकेका छन् । वैज्ञानिकहरूले यी ज्वालामुखीहरू विस्फोट हुन सक्ने चेतावनी दिएका छन्, जसले विश्वका महासागरहरूमा पानीको स्तर बढाउन सक्छ । यो चेतावनी यस्तो समयमा आएको हो जब वैज्ञानिकहरूले हालै पृथ्वीको सबैभन्दा ठूलो ज्वालामुखी क्षेत्रको खुलासा गरेका छन् ।
वैज्ञानिकहरूका अनुसार यी ज्वालामुखीहरू अन्टार्कटिका महादेशको पश्चिमी भागमा बरफको बाक्लो पानाभन्दा दुई किलोमिटर तल अवस्थित छन् । यी मध्ये एउटा ज्वालामुखी करिब ४ हजार मिटर अग्लो छ । यी ज्वालामुखीहरू सन् २०१७ मा बेलायतको एडिनबर्ग विश्वविद्यालयको टोलीले पत्ता लगाएका थिए । अब यो टोलीले अन्टार्कटिकाको यो सम्पूर्ण क्षेत्रले पूर्वी अफ्रिकाको ज्वालामुखी क्षेत्रलाई पनि पछाडि छोड्न सक्ने दाबी गरेको छ ।
संसारका अन्य ज्वालामुखीहरू भन्दा पूर्ण रूपमा भिन्न
पूर्वी अफ्रिकाको ज्वालामुखी क्षेत्रलाई विश्वको सबैभन्दा घना ज्वालामुखी क्षेत्र मानिन्छ । हाल, अन्टार्कटिकामा केवल दुई सक्रिय ज्वालामुखीहरू छन् । तिनीहरूको नाम माउन्ट एरेबस र डिसेप्शन आइल्याण्ड हो । यी भौगोलिक संरचनाको आधारमा धेरै विशेष छन् र विश्वका अन्य ज्वालामुखीहरू भन्दा पूर्ण रूपमा भिन्न छन् । अन्टार्कटिकामा अनुसन्धान गरिरहेका वैज्ञानिकहरूले यी ज्वालामुखीहरू चाँडै विष्फोट हुने खतरा निकै कम रहेको बताएका छन् ।
यद्यपी यी ज्वालामुखीहरू विष्फोट भयो भने विश्वभर समुद्री प्रकोप हुनेछ भनी धेरैले भनिरहेका छन् । लीसेस्टर विश्वविद्यालयका ज्वालामुखी विशेषज्ञ प्रोफेसर जोन स्मालीले केही समयअघि यी ज्वालामुखीहरूले जुनसुकै बेला धेरै पानी पग्लन सक्ने बताएका थिए । यो पानी बिस्तारै पग्लिनेछ र त्यसपछि समुन्द्रमा मिसिनेछ, जसका कारण पानीको सतह निकै बढ्नेछ ।
विश्वभर समुद्री सतह ६० मिटरले बढ्नेछ
पृथ्वीको ८० प्रतिशत ताजा पानी अन्टार्कटिकामा छ । यदि यो पग्लियो भने, विश्वभर समुद्री सतह ६० मिटरले बढ्ने छ । वैज्ञानिकहरूका अनुसार यसका कारण हाम्रो पृथ्वी मानवका लागि बाँच्न सक्ने छैन् । ज्वालामुखी विस्फोटले यो सम्पूर्ण प्रक्रियालाई गति दिन सक्ने वैज्ञानिकहरूले बताएका छन् ।