संयुक्त राष्ट्रसंघको मुख्यालय बाहिर हतियारधारी व्यक्ति पक्राउ

NewsBankNepal Banner Headline with Image , News/समाचार , प्रवास , ३ वर्ष अगाडि

अमेरिकाको न्युयोर्क सहरमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयको मुख्य गेट बाहिर बन्दुक लिएर एक व्यक्ति देखिएपछि मुख्यालय केही घन्टाका लागि बन्द गरिएको थियो । अभियुक्तको परिचय खुलाइएको छैन र कुनै आपराधिक रेकर्ड पनि फेला परेको छैन ।

ती व्यक्तिको उमेर ६० वर्ष रहेको र बिहीबार बिहान करिब १ः४० बजे उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनले यो व्यक्तिलाई करिब ३ घण्टाअघि म्यानहट्टनको फर्स्ट एभिन्यूमा रहेको संयुक्त राष्ट्र सुरक्षा चौकी बाहिर पहिलो पटक देखिएको बताए ।

न्यूयोर्क प्रहरी विभागका विशेष अपरेशन प्रमुख ह्यारी वेडिनले उक्त व्यक्तिलाई परीक्षणका लागि अस्पताल लगिएको बताए। वेडिनले बन्दुकमा गोली भरिएको बताए । ती व्यक्तिसँग एउटा झोला पनि थियो र मेडिकल कागजपत्रलगायतका कागजातहरू प्रहरीलाई दिएका थिए । उनले यो दस्तावेज संयुक्त राष्ट्र संघमा पु¥याउन चाहेको बताए ।