नेपालमा पनि दुईजनामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण पुष्टि

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं ।नेपालमा पनि दुइजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलनकाे आयोजना गरेर त्यस बारेमा जानकारी दिएकाे हाे ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीका अनुसार एक जना ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका ७१ वर्षीय अर्का नेपाली नागरिकमा ओमिक्रोन संक्रमण पुष्टि भएको हो । 

नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै ६६ वर्षीय विदेशी नागरिक  गत मंसिर ३ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका थिए । यद्पी दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए ।

हाल दुवै जनामा कुनै लक्षणहरु नदेखिएको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ। सरकारले तोकेको मापदण्ड अनुसार उनीहरू अहिले आइसोलेसनमा छन् ।