काठमाडाैं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
शनिबार राति उनकै निवास बोहोराटार पुगेका देउवाले नेता पौडेललाई राजनीतिमा सक्रिय भइरहन आग्रह गरेका छन्। भेटका क्रममा सभापति देउवाले पौडेललाई भविष्यमा कुनै स्थानमा राख्ने आश्वासन दिएको स्रोतले बताएको छ।
पौडेलले इतर समूहमा साझा उम्मेदवार तय नभएपछि कांग्रेस महाधिवेशनमा भावी नेतृत्वको प्रतिस्पर्धाबाट बाहिर बस्ने निर्णय गरेका छन्।स्रोतका अनुसार देउवाले नेता पौडेलसँग महाधिवेशनमा आफूलाई सहयोग गर्न आग्रहसमेत गरेका छन्।
कांग्रेसको भावी सभापतिकाे प्रतिस्पर्धामा देउवासँगै नेताहरु शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङ, युवराज न्यौपाने रहेका छन् ।

