पाँचथर २९ मंसिर । जिल्लाको फिदिममा बाह्र दिने च्याब्रुङ प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणको संघीय सांसद तथा पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङ, किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव निरती तुम्बापो, एवं प्राज्ञसभा सदस्य भुमिका लिम्बु, संगीतज्ञ शिलाबहादुर मोक्तान, प्रसिद्ध गायिका कुन्ती मोक्तान लागायतका विशिष्ट ब्यक्तित्वहरुले दैनिक अवलोकन अनुगमन गरेका थिए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ष्ठनको आयोजना र किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाचथरको ब्यबस्थापन तथा प्रदेशस्तरिय लोकबाजा प्रशिक्षण सँम्पन्न भएको हो । कार्यक्रम फिदिम स्थित बरदान संगीतालयमा लिम्बू जातिको अत्यन्तै पुरानो मौलिक बाजा के च्याब्रुङको आधुनिक र सांगीतिक सिस्टम भित्र रहेर गरिएको थियो ।
ताप्लेजुङ, पाचथर, तेह्रथुुम लगायतका २२ जना प्रशिक्षार्थीहरुले मंसिर १२ गते देखि हरेक दिन दुई सिफ्ट गरेर ७ घण्टाको दरले मंसिर २६ सम्म भाग लिएका थिए ।


