काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संघीन आरोप लगाएका छन् ।
बुधबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पार्टीका मनोनित केन्द्रीय सदस्यहरूलाईसपथ गराउँदै ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष दाहालको साँठगाँठमा माघ-१९ को कदम चालिएको आरोप लगाएका हुन् ।
प्रचण्ड र ज्ञानेन्द्रबीचमा सहमति भएर त्यो उपद्रो भएको भन्दै ओलीले त्याे कसका विरुद्ध सहमति भएको थियाे भनि प्रश्न गरे? त्यसबारे उनीहरूले जानकारी गराउन पर्छ’, ओलीकाे माग छ ।
सोही सहमतिपछि ज्ञानेन्द्रले माओवादीको कुनै अवरोध नै नझेलेको र अभिनन्दन कार्यक्रम नै चलाएको तर राजनीतिक दलहरू भने रुकुम, रोल्पालगायतका जिल्ला जान नपाएको दाबी पनि गरे ।
नेपालमा अस्थिरताको संवाहक दाहालसँगै माधव नेपाल पनि भएको ओलीको आरोप छ ।ओलीले आफूहरुको काम देश बनाउने भएकाले भीम रावलसहितका असन्तुष्ट नेताहरुलाई सानो मन नबनाउन र चित्त नदुखाउन पनि आग्रह गरे ।

