एमालेको अबराेधकैबीच प्रतिनिधिसभाबाट दुई अध्यादेश स्वीकृत

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । प्रमुख विपक्षी दल नेकपा एमालेको अवराेधकैबीच मंगलबार प्रतिनिधिसभा बैठकले दुई अध्यादेश स्वीकृत गरेको छ।

 बैठक शुरु हुनेवित्तिकै एमाले सांसदहरुले वेल घेर्दै नाराबाजी गरिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालन गरेर अध्यादेश स्वीकृत गरेका हुन् । सभामुख सापकाेटाले अवरोध नगर्न पटक पटक आग्रह गरेका थिए।

 मंगलबारको बैठकले बैठकले ‘यौनजन्य हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ लाई बहुमतले स्वीकृत गरेको हो ।

उक्त दुवै अध्यादेशलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले स्वीकृत गरियोस् भनी छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त दुवै अध्यादेशलाई पारित गर्नु पूर्व बैठकले नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दिएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक यही पुस ७ गते अपराह्न १ बजे बस्नेछ ।