काठमाडाैं । निर्वाचन आयोगले २०७९ वैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ।
आयोगका पदाधिकारीहरुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा यस्तो प्रस्ताव गरेका हुन्।
आयोगले एकै चरणमा निर्वाचन हुन सम्भव नभएमा भने पहिलो चरणको निर्वाचन वैशाख १४ र दोस्रो चरणको निर्वाचन वैशाख २२ गते गर्ने प्रस्ताव अघि सारेको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्रीसमक्ष निर्वाचनको यस्तो प्रस्ताव गरेको आयोगद्धारा जारीे विज्ञप्तिमा उल्लेख छ।

