खड्काको “काँडेतार”को छायाँङ्कन सकियो

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , ४ वर्ष अगाडि

काठमाण्डौ, ११ पुस ।देशको सिमाना रक्षा र नागरिकको आत्मासम्मानका बिषयमा सँघर्षरत निर्माता नवल खड्काको अर्को चलचित्रको सुटिङ सकिएको छ । सिमानामा काँडेतारको बारले मुलुक बिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन असल छिमेकीसंगको सद्भाव कायम राख्छ भन्ने कथासार रहेको चलचित्र ‘काँडेतार’ को सम्पूर्ण शुटिङ्ग समाप्त भएको हो । आफ्ना अघिल्ला चलचित्र निर्माणमा आईपरेको अड्चन सम्झदै निर्माता, निर्देशन नवल खड्का भन्छन् ‘विगतमा देशभक्तिपुर्ण चलचित्रहरूलाई विभिन्न थरिका तत्वहरूबाट गरिएका कर्तुतलाई स्मरण गर्दा थप चुनौति बढ्दै छ भन्ने लागेको छ । त्यसैले त्यस्ता कर्तुत बिरूध्द लड्न सबैको सकारात्मक सहयोग अपेक्षा राखेको छु ।’


करिब ३ करोडको लगानीमा निर्माण भएको बताइएको ‘काँडेतार’मा नवल खडका, गौरब पहाडी, रेविका गुरूङ्ग, प्रशान्त यादब, सुरबिना कार्की, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा, पर्शुराम चौधरी, पुष्प श्रेष्ठ, महेश गिरी, रवि शाह, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल चौधरी, अन्जु के.सी, खेम नेपाली, देवेन्द्र कोईराला, राम बिश्वास थारू, मातृका घिमिरे, रितु चौधरी, रामेश्वर बुर्लाकोटी, प्रतिक श्रेष्ठ, प्रेम कार्की, छवि बैरागी घिमिरे बाल कलाकारमा नादिया खड्का र सनया खड्का आदि रहेका छन् । नवल खडकाको निर्देशन रहेको ‘काँडेतार’मा कार्यकारी निर्माता सत्यकला राई, लेखन शिवम् अधिकारी र नवल खड्का, छायांकन सौरभ लामा, द्वन्द श्री श्रेष्ठ, नृत्य कविराज गहतराज, एसोसियट निर्देशक रामशरण कोईराला, कास्टिङ्ग निर्देशक केशव रायमाझी, मुख्य सहायक निर्देशक बिश्वजंङ्ग माझी, संगित मणि थापा र दिपक शर्माको छ ।