काठमाडौं । गाेंगबुस्थित नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । पीडितले उजुरी गरेपछि सीसीटीभी फुटेजको आधारमा घटनामा संलग्नहरुलाई मंगलबार राति नै प्रहरीले नियन्त्रणमा लिएको छ ।
पटक–पटक ती महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको जनाएको छ ।पीडित महिलाका आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि उनीहरुलाई बसपार्कका विभिन्न स्थानबाट पक्राउ गरिएको परिसरका एसएसपी सुदीप गिरीले जानकारी दिए ।
करिब ३२ वर्षीया ती महिलाको स्वस्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।बलात्कारमा संलग्न अन्य दुईको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

