आज तिम्रो सम्झनाले दिल जलायो ……

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , ४ वर्ष अगाडि

काठमाडौं १५ पुस । यम बरालको स्वरमा मार्मिक गित आज तिम्रो सँम्झनाले .. सार्बजनिक भएको छ । एक दशक देखि नेपाली कला क्षेत्रमा सक्रिय रोहित जोशी अभिनित पछिल्लो म्युजिक भिडियो सार्वजनिक भएको हो । भिडियोमा जोशीलाई दृष्टि, कैलाश, रियाले अभिनयमा साथ दिएका छन् । प्रेमकृष्ण बजगाईको शब्द, संगीत रहेको गितको म्यूजिक भिडियालाई दीप सागरले निर्देशन गरेका छन । यो भिडियोलाई आफ्नो अघिल्लो भिडियोहरुलाई जस्तै दर्शकले मनपराउने कुरामा मोडल जोशी बिश्वस्त छन् । उनि भन्छन्ः ‘डान्सिङ गीत भन्दा रोमान्टिक गीतमा अभिनय गर्न मनपर्छ ।’
मोडल रोहित जोशी अभिनित दिपा राईको स्वर रहेको ‘मेरो साथी’ बोलको भिडियो गत महिना सार्वजनिक भएको थियोे । ‘आज तिम्रो सम्झनाले’ भिडियो धौलागिरी डिजिलट नेपालबाट रिलिज भएको हो ।