राष्ट्रिय सभाको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं । राष्ट्रिय सभाको चुनावका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।

बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ । चुनावमा १२ राजनीतिक दलले भाग लिने छन् । आयोगले आउँदो २५ गते उम्मेदवारलाई चुनाव चिह्न दिने आयोगका सहायक प्रवक्ता कोमल धमलाले जानकारी दिए ।

 चुनाव चिह्न दिएसँगै निर्वाचन आचारसंहिता सबैका लागि लागू गराउने आयोगले जनाएको छ । आउँदाे फागुन २० गते नेकपा एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका चार र  नेपाली कांग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदैछ ।

सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै चुनाव गर्नुपर्ने प्रावधान छ । आउँदो माघ १२ गते चुनाव हुँदैछ । सत्ता गठबन्धन एकातिर भए पछि एमालेले अहिलेको आठ सिट गुमाउने सम्भावना बढेको छ ।