मेनपावरको कर्तुत छताछुल्ल

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , ४ वर्ष अगाडि

काठमाडौं २४ पुस । बाध्यताले बिदेशिन लागेकालाई म्यानपावर हरुले कसरी शोषण गर्छन ? यसको कर्तुत केके हो भन्ने कुरालाई निर्देशक उत्तम सँन्जेलले सर्टमुभी मार्फत छताछुल्ल बनाएका छन ।


आफ्नो देशमा कुनै सम्भावना नदेखेपछि रोजगारको लागि विदेश प्रति आकर्षित बनेको ब्यरोजगार युवा जमातलाई बिभिन्न देशमा पठाइदिन्छु भन्दै मोटो रकम कुम्लाउने देखि चाहेको देशमा पठाउने आश्वासन दिंदै शारिरिक शोषणसम्म हुने गरेको कथावस्तु समेटिएको सर्टमुभि ‘मेनपावर’ ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । मार्मिक र चेतनामुक ‘मेनपावर’ मा अहिलेकी चर्चित मोडल साक्षी लम्साल र शुसिल पोखरेलको मुख्य भुमिका रहेको छ भने साथमा बीरेन्द्र प्रेमसी, रमेश मोन्रे, पुष्पा अवस्थी, सुजन पोखरेल, राजकमल खरेल, रोशनी श्याङ्गे लगायतका कलाकारले अभिनय गरेका छन ।